राष्ट्रपति ट्रम्पकै बाटोमा अर्बपति जेफ बेजोस, जलवायु वित्तीय सहयोगमा रोक

राष्ट्रपति ट्रम्पकै बाटोमा अर्बपति जेफ बेजोस, जलवायु वित्तीय सहयोगमा रोक
२०८१ माघ २६, शनिबार (९ महिना अघि)

अमेजनका संस्थापक तथा अर्बपति जेफ बेजोसको अर्थ फण्डले जलवायुका नाममा गरिरहेको वित्तीय सहयोगमा रोक लगाएको छ । पेरिस सम्झौता अनुरुप कार्बन न्यूनीकरणमा राष्ट्रहरुको भूमिकाका बारेमा मूल्यांकन गरिरहेका संस्थालाई प्रदान गर्ने वित्तीय सहयोग अर्थ फण्डले बन्द गरेको हो ।

तीन वर्षका लागि मात्र सम्झौता भएको र भविष्यमा थप सहयोग गर्ने वा नगर्ने निर्णय गरि नसकेको अर्थ फण्डले जनाएको छ । तर जलवायु विज्ञहरुले अमेरिकी अर्बपतिहरु राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु विरोधी विचारधारासँग समाहित हुन थालेको संकेतको रुपमा लिएका छन् ।

राष्ट्रपति ट्रम्पका लागि जलवायु परिवर्तन एक प्रमुख रानीतिक मुद्दा रहेको भन्दै जलवायु परिवर्तन नियन्त्रण गर्ने हरेक संस्थालाई उनले प्रभावित पार्ने विज्ञहरुको बुझाइ छ ।

यस कदम जलवायु परिवर्तनका लागि समर्पित संस्थाहरुलाई आर्थिक रुपमा कमजोर बनाउने दिशामा अमेरिकी अर्बपतिहरुको नयाँ रणनीति हुन सक्ने पनि विज्ञहरुको आकलन छ ।  

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस