आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना

  • जलवायु
  • / मौसम
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना
२०८१ माघ ९, बुधबार (१० महिना अघि)

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

यस्तै, आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस