बाघले आक्रमण गर्दा महिलाको मृत्यु

बाघले आक्रमण गर्दा महिलाको मृत्यु
२०८१ पौष २८, आईतबार (१० महिना अघि)

बर्दिया – बर्दियाको बकुवा सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । वनछेउ बाख्रा चराउने क्रममा ठाकुरबाबा नगरपालिका सुन्दरपुर गाउँकी ४४ वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

बाघले आक्रमण गरेर करिव ७ सय मिटरको दूरीमा शव पुर्याएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका कार्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको थियो ।

बाघ नियन्त्रणमा लिनको लागि हात्तीसहितको प्राविधिक टोली खटिसकेको निकुञ्जले जनाएको छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस