यस कारण हाम्रो उपस्थिति !

Post Thumbnail
२०८१ पौष ३, बुधबार (११ महिना अघि)

सेता हिमाल काला पत्थरमा परिणत भइरहेका छन् । कार्बन उत्सर्जनमा सबैभन्दा कम भूमिका खेलेको मुलुक नै जलवायु परिवर्तनको उच्च चपेटामा परेको छ । गहन रिपोर्टिङ, प्रभावकारी सूचना र आकर्षक सामग्री मार्फत जलवायु परिवर्तनको मार कम गर्दै दिगो विकासको प्रवद्र्घन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । समयमै सूचना, नयाँ समाधानहरुको प्रकाश र परिवर्तन ल्याइरहेका आवाजहरुलाई बुलन्द बनाउने सामग्री जलवायुबाट ग्रहण गर्न सक्नुहुनेछ ।

सूचना प्रविधिले मारेको फड्कोसँगै यहाँहरु माझ सूचना ग्रहणको तौरतरिकामा आएको परिवर्तन र चाहना हामीले गहन रुपमा बुझेका छौँ । पत्रकारिताको मूल्यमान्यता आत्मसाथ गर्दे पछिल्लो प्रविधिको आयामलाई उच्चतम प्रयोग गर्दै, यहाँहरुकै सहजतालाई ध्यानमा राख्दै जलवायु डट कमले न्यूज पोर्टलका साथै छापा तथा मल्टिमिडियाका सामग्री फेशबुक तथा युट्युब च्यानलमार्फत पस्किने जमर्को गरेको छ ।

यहाँहरु नै हाम्रो लागि सर्वेसर्वा – हौसलाका साथै सकारात्मक आलोचना सदैव स्विकार्य छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस