शुक्रबारदेखि देशका धेरै स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

शुक्रबारदेखि देशका धेरै स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
२०८२ चैत्र १२, बिहिबार (१ घण्टा अघि)

काठमाडौँ । शुक्रबारदेखि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारसम्म यो क्रम रहनेछ ।

शुक्रबार दिउँसो हिमाली भू-भागमा अधिकांश ठाउँमा बादल, पहाडी  भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा  आंशिक बादल लाग्नेछ । सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै ठाउँ तथा तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा  आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती प्रदेशका केही स्थान तथा हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपात हुने विभागले जनाएको छ ।

‘राति कोशी र गण्डकी  प्रदेशका पहाडी र हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ,’ विभागले सूचनामा उल्लेख गरेको छ ।

अन्तिम अध्यावधिक: March 26, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस