उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना
२०८२ फागुन ३, आईतबार (१ मिनेट अघि)

काठमाडौँ । आज देशका उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोसम्म तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजे न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसो केही बढेको हो । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सयस रहेको थियो ।

अन्तिम अध्यावधिक: February 15, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस