मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत

मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
२०८२ माघ १४, बुधबार (६ दिन अघि)

मुगु । मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ ।

लामो समय खडेरीपछि गत शुक्रबार र शनिबार परेको बाक्लो हिउँ पग्लिन नपाउँदै गए राति रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको हो ।

हिमपातले वनपाखा रुखहरू र बस्तीहरू सेताम्य बनाएको छ, जसले स्थानीयलाई आउजाउ गर्न कठिनाइ पु¥याएको छ। दोश्रो पटकको हिमपातसँगै अत्याधिक चिसो बढेपछि बृद्ध, बालबालिका र दीर्घरोगीलाई विशेष समस्या भएको छ।

उच्च लेकाली बस्तीमा रहेका विद्यालयको पढाइ प्रभावित भएको छ भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले मतदाता भेट्न घरदैलो जान कठिनाइ भएको छ ।

तर, लामो समयको खडेरीपछि किसानहरूलाई यस वर्षको बर्षा र हिमपात राहतको महसुस भएको छ । मुर्मा गाउँका कृषकहरूले भने, ‘हिमपातले जौ, गहुँबाली, फलफुल र जडिबुटी उत्पादन बढाउन सहयोग पुर्‍याउनेछ।’

अन्तिम अध्यावधिक: January 28, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस