आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने

आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
२०८२ पौष २८, सोमबार (१ महिना अघि)

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।
हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अध्यावधिक: January 12, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस