लोमानथाङमा २८ कृषकलाई राहत वितरण

लोमानथाङमा २८ कृषकलाई राहत वितरण
२०८२ पौष २, बुधबार (२३ घण्टा अघि)

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा २८ कृषकका जम्मा १०५ वटा पशुधन क्षति भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन् ।

यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो । पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।

तस्विर एक्याप लोमानथाङ ।

अन्तिम अध्यावधिक: December 17, 2025

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस