काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै आज वन तथा वातावरण मन्त्रालयले नयाँ मन्त्री पाउने भएको छ। मन्त्रालयको जिम्मेवारी माधव चौलागाईलाई दिन लागिएको छ।
यससँगै अन्तरिम सरकारमा थप तीन मन्त्रालयका नेतृत्वमा पनि नयाँ अनुहारहरू प्रवेश गर्नेछन्। श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ।
‘जेनजी आन्दोलन’पछि गठित प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् आजदेखि १४ सदस्यीय बन्नेछ।
नवनियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।















