जोन केरीको अष्ट्रेलियालाई आग्रह: ‘ठूला उत्सर्जनकर्ता राष्ट्रहरूसँग कठोर बन्नुहोस्’

जोन केरीको अष्ट्रेलियालाई आग्रह: ‘ठूला उत्सर्जनकर्ता राष्ट्रहरूसँग कठोर बन्नुहोस्’
२०८२ मंसिर ११, बिहिबार (३ महिना अघि)

काठमाडौँ । अमेरिकाका पूर्व विदेशमन्त्री तथा भूतपूर्व जलवायु दूत जोन केरीले अष्ट्रेलियाले अबको संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलन कोप-३१ मा थप माग गर्ने कदमहरू चाल्नुपर्ने बताएका छन् । द गार्डियनको एक विशेष अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्।

कोप-३१ आगामी नोभेम्बर महिनामा टर्कीमा आयोजना हुँदैछ, तर अष्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनलाई वार्ताको ‘अध्यक्ष’ को जिम्मेवारी दिइएको छ।

केरीले अष्ट्रेलियालाई विश्वका २५ सबैभन्दा ठूला हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरूलाई भेला गर्न र जीवाश्म इन्धनको युग अन्त्य गर्नको लागि एक स्पष्ट रोडम्याप बनाउन दबाब दिन आग्रह गरेका छन्।

उनले भने, “हामी थप माग गर्ने र दबाब दिने हुनुपर्छ। कोप-३१ का अष्ट्रेलियाली अध्यक्षले नेतृत्व लिनुपर्छ । चीन, रुस, अमेरिका, भारत र युरोप एकसाथ आएर हरित अर्थतन्त्रमा साँच्चै रुपान्तरण गर्ने निर्णय गरे मात्रै अरू सबैले पछ्याउनेछन्।”

खासगरी साउदी अरब र रुसजस्ता जीवाश्म इन्धन उत्पादक राष्ट्रहरूसँग यो प्रयास कठिन हुने केरीले स्वीकार गरे । उनले यो प्रक्रियामा सहभागी हुन अस्वीकार गर्ने राष्ट्रहरूलाई अलग गर्ने माध्यम बन्ने पनि बताए।

केरीले कोप – ३० मा जस्तो नहोस् भनेर कोप-३१ को तयारीका लागि अष्ट्रेलियाले “उचित गृहकार्य” गर्नुपर्ने चेतावनी दिए । उनले अष्ट्रेलियालाई अन्य देशहरूको अवस्थालाई सम्मान गर्दै, प्रस्तावका लागि विकल्पहरू सहित वार्ताको टेबुलमा आउन आग्रह गरे ।

अन्तमा, केरीले राजनीतिज्ञहरूलाई कदम चाल्न बाध्य पार्नका लागि जलवायु सङ्कटलाई “भोटको मुद्दा” बनाउनुपर्नेमा जोड दिए । उनले अस्ट्रेलियाले कोप-३१ अगाडि पर्याप्त तयारी गर्नुपर्ने र अन्य देशहरूको स्थितिलाई ध्यान दिँदै प्रस्ताव तयार पर्नुपर्ने पनि बताए ।

अन्तिम अध्यावधिक: November 27, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस