विपद् व्यवस्थापनमा प्रविधि : ‘ड्रोन’ बाट आगलागी नियन्त्रणका लागि तालिम र प्रयोगात्मक अभ्यास

विपद् व्यवस्थापनमा प्रविधि : ‘ड्रोन’ बाट आगलागी नियन्त्रणका लागि तालिम र प्रयोगात्मक अभ्यास
२०८१ फागुन २५, आईतबार (८ महिना अघि)

काठमाडौँ । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ ।

आज राष्ट्रिय सभा गृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराइएको हो ।

तालिमको सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलागी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवालालगायत विषयमा ज्ञान प्रदान गरिएको छ।

यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास पनि गराइयो ।

यस क्रममा सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा बालिएको आगो ड्रोनबाट फायर इस्टिङ्ग्विसर बल खसालेर निभाइएको थियो ।

घना सहरी बस्तीमा आगलागीलगायत विभिन्न खालका जोखिम बढ्दो क्रममा छ । विपद व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले, बढ्दो चुनौती सामना गर्न प्रविधिको विकास हुनु अवसर भएको र यही अवसरलाई क्षमतामा विकास गर्न लागेको बताए । 

नयाँ सडक, बालाजु र रामहिटीबाट अग्नि नियन्त्रण सेवा घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । यसका लागि प्रविधिमा आधारित क्षमता विकास थालिएको हो ।

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दकमल छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुवानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् । केही साधन तथा उपकरण भने मर्मत गरिँदैछ ।

आगलागी हुँदा दमकल जान नसक्ने कतिपय साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरिएको छ । कतिपयमा जडान प्रक्रिया चलिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभाग र वडाबाटै पनि काम भइरहेको हो ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस