अष्ट्रेलियाको क्विन्सल्याण्डमा भीषण वर्षाका कारण बाढी, एकको मृत्यु

अष्ट्रेलियाको क्विन्सल्याण्डमा भीषण वर्षाका कारण बाढी, एकको मृत्यु
२०८१ माघ २०, आईतबार (१ साल अघि)

अष्ट्रेलियाको उत्तरी क्विन्सल्याण्डमा भीषण वर्षाका कारण आएको बाढीका कारण एक महिलाको मृत्यु भएको छ । बाढीका कारण हजारौँ मानिसहरु घर छाड्न बाध्य भएको बीबीसीले जनाएको छ ।

पानीको सतह दोस्रो तहसम्म पुग्ने सक्ने हुँदा अधिकारीहरुले बाढीका कारण ज्यान अझ जोखिममा पर्न सक्ने बताएकाछन् ।

पछिल्लो २४ घण्टामा उत्तरी क्विन्सल्याण्डका केही भू भागमा ७ सय मिलिमिटर भन्दा बढी पानी परेको छ । वर्षा सोमबारसम्म जारी हुने प्रक्षेपण गरिएकाले अझ चिन्ताको विषय भएको क्विन्सल्याण्डका मुख्यमन्त्री डेभिड क्रिसाफुलीले बताएका छन् । धेरै लामो समय पश्चात यस किसिमको बाढीको सामना गर्नु परेको पनि मुख्यमन्त्री क्रिसाफुलीले जनाएका छन् । वर्ष मात्र समस्या नभएको भन्दै निरन्तरको मुसलधारे वर्षाले समस्या निम्त्याएको उनले बताए ।

यस क्षेत्रको बाढी पछिल्लो ६० वर्षयताकै क्षतीयोग्य रहेको जलवायु विज्ञहरुको भनाइ छ ।

टाउन्सभिलका हजारौँ वासिन्दालाई आइतबार मध्यान्हसम्ममा आफ्नो घर छाड्न आग्रह गर्दै बाढीको पानी रोक्नका निम्ति हजारौँ वालुवाका झोलाले बाँध बाँध्ने कार्य पनि गरिएको अधिकारीहरुले जनाएका छन् ।

बाढीले अधिकांस स्थानहरु डुवानमा परेका कारण उद्दार कार्यमा कठिनाइ भइरहेको छ ।

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस